राप्रपाले काठमाडौँमा प्रदर्शन गर्ने

लोकप्रिय

हेटौँडा, वैशाख ७ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँमा आइतबार शान्तिपूर्ण प्रदर्शन गर्ने भएको छ। राप्रपाले सीमित नेता सहभागी भएर गरिने आन्दोदन शान्तिपूर्ण हुने जनाएको छ ।
राप्रपाका पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले ‘वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी भएको जिकिर गर्नुभएको छ । हामी जे गछौँ भनेरै गर्छौं, सरकारले नडराए हुन्छ, सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष लिङ्देनले लेख्नुभएको छ ।
उहाँले फेसबुकमा भन्नुभएको छ, भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआउ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । उहाँले विरोध प्रदर्शनमा सीमित नेताहरू मात्रै सहभागी हुने बताउनुभएको छ ।
निषेधित क्षेत्र तोड्न राप्रपाले आज नेता–कार्यकर्तालाई विजुली बजार पुलमा भेला हुन भनेको छ। त्यहाँ जम्मा भएका उनीहरूले आज निषेधित क्षेत्रतर्फ अघि बढ्ने बताएका छ्न। उता सरकारले बानेश्वर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।
यसैबीच राप्रपाले आइतबार काठमाडौंको बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने भनेपछि गृह मन्त्रालयले ध्यानाकर्षण जनाएको छ।
मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले शनिबार साँझ विज्ञप्ति जारी गरी राप्रपाले निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका अभिव्यक्तिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
मन्त्रालयले त्यस्ता गतिविधि भए कानुन अनुसार कारबाही हुनेबारे सचेत गराएको छ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै संविधानको ठाडो उल्लंघन गर्न प्रोत्साहन गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिएको छ। ‘यस्तो गतिविधिमा संलग्न हुने जोसुकैलाई कानुन बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ। साथै समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

ताजा समाचार

Related Articles