भिरबाट लडेर एकको मृत्यु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख ७ गते । मकवानपुरका भिरबाट लडेर एक जनाको मृत्युभएको छ । यस्तै छुट्टाछट्टै स्थानमा लडेर दुई जना घाइतेभएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. २ यङग्राङस्थित पानीघाटडाँडामा भिरबाट लडेर देवल सिंह बलको मृत्युभएको जनाएको छ ।
प्रहरीका अनुसार ५इ वर्षीय बलको शनिबार भीरबाट लडेर मृत्यु भएको हो ।
यसैबिच मकवानपुरको मकवानपुरगढी गाउँपालिका ८ बुढीचौरका आकाश थिङ रुखबाट लेडर घाइते हुनुभएको छ । आफ्नो घरदेखि करिब एक किमि पूर्व रहेको निगलडाँडा जंगलमा गई फलाटेको रुखमा बाख्रालाई घाँस काट्ने क्रममा ३५ वर्षीय थिङ अचानक लडी घाइते भई उपचारको हेटौँडा अस्पताल ल्याएको प्रहरीले जनाएको छ ।
यस्तै बकैया गाउँपालिका .५ राजदमारका ज्ञान बहादुर स्याङतान आफ्नै घरको एक तला माथि बारदालीबाट खसेर घाइते हुनुभएको छ । प्रहरीका अनुसार ५० वर्षीय स्याङतान बारदालीबाट पिसाब फेर्ने क्रममा अचानक लडी घाइते भई राति १०ः१० बजे हेटौँडा अस्पतालमा ल्याइ उपचार गरिएको छ ।

ताजा समाचार

Related Articles