डेरी एसोसिएसनको मही सेवन अभियान

लोकप्रिय

खासकुरा संवाददाता
काठमाडौँ, भदौ ९ गते ।
नेपाल डेरी एसोसिएसनले काठमाडौँमा लाग्ने रैथाने हाट बजारमा निःशुल्क रुपमा मही सेवन गराउने भएको छ । नेपाल डेरी एसोसिएशन र रैथाने एग्री प्रडक्टस् नेपाल प्रा.लि. काठमाडौँबिच शनिबार यस्तो सम्झौता भएको हो । सम्झौता पत्रमा डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल र रैथाने एग्री प्रडक्टस् नेपाल प्रा.लि. तिलक ढकालले हस्ताक्षर गर्नुभएको थियो । पूर्व संस्कृति तथा पर्यटनमन्त्री याङ्गकिला शेर्पाको प्रमुख आतिथ्यता तथा बागमती प्रदेश सभा सदस्य रमेशकुमार महतको विशेष आतिथ्यमा भएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान, अनाजका अध्यक्ष किरण आचार्यलगायतको उपस्थिति रहेको थियो ।
एसोसिएसनको सहयोगमा अब प्रत्येक शनिबार काठमाडौँको दरबार मार्गमा आयोजना हुने रैथाने कृषि उपज बिक्री वितरणका लागि आयोजना गरिएको हाट बजारमा प्रत्यक्ष ठेकीमा मही तुलाही निःशुल्क खुवाउने छ । यो अभियानले युवा पुस्तामा हाम्रा मौलिक उत्पादन र रैथाने उत्पादनको ज्ञान प्रदान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । डेरी एसोसिएसनले आफैं शुरूवात गरेको यो अभियान आज ठूलो अभियान कर्ता रैथानेसँग जोडिएर गर्न लागेकोले यसले थप प्रोत्साहन पाउने एसोसिएसन बागमती प्रदेश अध्यक्ष टीकाप्रसाद घिमिरेले बताउनुभयो ।

ताजा समाचार

Related Articles