खासकुरा संवाददाता
हेटौँडा, वैशाख २२ गते ।
मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नंं. १० स्थित बसपार्कबाट लागूऔषध गाँजासहित एक जना महिलालाई नियन्त्रणमा लिएको छ ।
सोमबार बिहान १०ः०० बजेको समयमा बसपार्क क्षेत्रमा गाँजा ओसारपसार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा हेटौँडा बसपार्कबाट वीरगंजतर्फ जान रोकी राखेको बा.प्र.०३–०१ ज ९७४ नं. को विद्युतीय गाडीबाट गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त गाडीमा सवार चितवन जिल्ला राप्ती नगरपालिका वडा नं. ८ खुरखुरेकी वर्ष ३० की लालमाया तामाङलाई गाँजासहित नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । गाडीको छतमाथि जेब्रा झोलाभित्र लुकाई राखिएको तीन वटा पोकामा ३० गाँजा फेला पारी निज लालमाया तामाङलाई नियन्त्रणमा लिई लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको छ ।




