खासकुरा संवाददाता
हेटौँडा, वैशाख २२ गते ।
हेटौँडामा जारी राष्ट्रिय मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफले वीरगंज युथ स्पोर्ट्स एकेडेमीमाथी एकतर्फी जीत निकालेको छ । सोमबार हेटौंडा(६ स्थित गौरीटार रंगशालामा भएको खेलमा एपीएफले व्रगंजलाई शस्न्यका विरुद्ध एक दर्जन गोल गर्यो ।
पहिलो हाफमा पाँच गोल गरेको एपीएफले दोस्रो हाफमा सात गोल थप्यो । एपीएफको जीतमा रश्मी कुमारी घिसिङ नायिका बन्दै पाँच गोल गर्नुभएको थियो । उहाँले खेलको २३, औँ, ४९ औँ, ६९ औँ, ७० औं र ७८ औं मिनेटमा गोल गर्नुभएको थियो ।
सरु लिम्बुले १९ औं मिनेटमा पहिलो गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाउनुभएकोमा खेलको २५ औं मिनेट अनिता केसीले, ३५ औं मिनेटमा पुनः सरु लिम्बुले, ३९ मिनेट अनिता बस्नेत, ४५ औं मिनेटमा मन्जली योन्जन, ५१ औं मिनेटमा सजनी थोकर र ७३ औं मिनेटमा सविता रानाले गोल गर्नुभयो । खेलको म्यान अफ द म्याच रश्मी घोषित हुँदै १० हजार रुपियाँ प्राप्त गर्नुभयो ।
एपीएफ सेमिफाइनलमा प्रवेश गरेसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अब एपीएफले मंगलबार नै संकटासँग भिड्नेछन् । यसअघि सिमराको नवजनजागृती युवा क्लबलाई ६(१ फराकिलो गोलान्तरले हराउँदै संकटा सेमिफाइनल प्रवेश गरेको थियो । मंगलबारको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र चितवनबीच बिहान ८स्३० बजे प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।




