नेपाल पुलिस महिला फुटबलको फाइनलमा प्रवेश

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख २३ गते ।
विभागीय टोली नेपाल पुलिस क्लब हेटौँडामा जारी मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
हेटौँडा उपमहानगरपालिका ६ स्थित गौरीटार रंगशालामा मंगलबर भएको सेमिफाइनल खेलमा चितवन फुटबल संघलाई ७–० गोलले हराउँदै पुलिस फाइनलमा प्रवेश गरेको हो ।
पुलिसको तर्फबाट मीना देउवा र निर्मा उपाध्यायले तीन–तीन तथा सुश्मा तामाङले एक गोल गर्नुभएको थियो ।
देउवा प्लेयर अफ दि म्याच घोषित हुँदै १० हजार रुपियाँ प्राप्त गर्नुभयो ।
दोस्रो सेमिफाइनल खेल मंगलबार नै विभागीय टोली एपिएफ र संकटा क्लबबीच हुने छ ।
प्रतियोगिताको विजेताले पाँच लाख र दोस्रो हुनेले तीन लाख रुपियाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

ताजा समाचार

Related Articles