खासकुरा संवाददाता
हेटौँडा, वैशाख २४ गते ।
काठमाडौँ उपत्यकाभित्रका अदालतहरु आज बुधबार खुला रहनेभएको छ । 
बागमती प्रदेश सरकारले आज बुधबारका दिन बागमती प्रदेश भर सार्वजनिक बिदा दिने निर्णय गरेपनि काठमाडौँ उपत्यकाभित्रका अदालतहरु भने खुला रहनेभएको हो । उच्च अदालत पाटनले उच्च अदालत पाटनसहित सो अदालत मातहतका काठमाडौँ उपत्यकाभित्रका अदालतहरु खुला रहने जनाएको छ । 
प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसका अवसरमा आज बुधबार प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । उच्च अदालत पाटनले मंगलबार एक सूचना प्रकाशित गर्दै काठमाडौँ उपत्यकाभित्रका अदालतहरु खुला रहने भनेको छ ।
उच्च अदालत पाटनले काठमाडौँ उपत्यकाको हकमा सार्वजनिक बिदा गृह मन्त्रालयले गरेको निर्णय बमोजिम हुने उल्लेख छ ।
उच्च अदालत पाटन र काठमाडौँ उपत्यकाभित्रका अदालत यस अदालत मातहतका अदालतहरु खुला रहने छ सूचनामा भनिएको छ ।
प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसका अवसरमा आज बुधबार सार्वजनिक बिदा गरेको हो ।
प्रदेश सरकारी काम काजको भाषा शुभारम्भ भएको दिन वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने प्रदेश सरकारको मन्त्रीपरिषद्ले यसअघि निर्णय गरेको थियो ।
गत वर्षबाट प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गरी वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिन थालेको हो ।




