खासकुरा संवाददाता
हेटौँडा, वैशाख २४ गते ।
मकवानपुरको राक्सिराङ गाउँपालिका ९ अठारेमा बलेरो गाडी बुधबार बिहान दुर्घटना हुँदा चालकसहित नौ जना घाइतेभएका छन् ।
राक्सिराङ गाउँपालिका ९ खैराङबाट मनहरी बजारतर्फ आउँदै गरेको बा १५ च १३३३ न.को बलेरो गाडी सडकदेखि करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नावय उपरीक्षक श्यामु अर्यालले बलेरोमा सवार चालकसहित नौ जना सवार रहेको घाईतेहरुलाई स्थानीयको सहयोगमा उद्धार गरी उपचारको लागी मनहरी अस्पताल पठाइएको जानकारी दिनुभयो ।
प्रहरीका अनुसार दुर्घटनामा घाईते हुनेहरुमा राक्सिराङ गाउँपालिका ९ बस्ने वर्ष १६ को हिमाल बस्नेत, वर्ष ३५ को बुद्धिमान घलान, वर्ष ७५ को डिल बहादुर घलान, निजको श्रीमति फूलमाया घलान, वर्ष ३८ का रुप बहादुर राउत, वर्ष ५० को सूर्य अधिकारी, वर्ष १४ को कुमार तामाङ र वर्ष २८ को सुजन तामाङ रहेका छन् ।




