मान्छे पनि भगवान् बन्छन् कि भनेर आएँ ।

लोकप्रिय

गैह्रे बद्रीनाथ

मन्दिरमा भगवान् हुन्छन् कि भनेर आएँ

मागेको पूरा गरिदिन्छन् कि भनेर आएँ ।
धन देख्दा महादेवको नि त्रिनेत्र भन्थे
बरदानले भेटी किन्छन् कि भनेर आएँ।
दीप जलाएँ, फूल अक्षताले पूजा गरें
अब त मेरो कुरा सुन्छन् कि भनेर आएँ ।
अरबौंको भीडमा नचिनेर पो हो की त
अर्को पटक जाँदा चिन्छन् कि भनेर आएँ।
भगवान् हैन मान्छेले पो चिन्नु पर्ने रैछ
मान्छे पनि भगवान् बन्छन् कि भनेर आएँ ।
जय भगवान् , जय मन ।

ताजा समाचार

Related Articles