कुलेखानी–काठमाडौँ जोड्ने सडक अन्तर्गत कुलेखानी–हुमाने सडक खण्ड १९ दिन बन्द हुने

लोकप्रिय

हेटौँडा, वैशाख ३० गते ।
हेटौँडा–कुलेखानी–फाखेल–हुँदै काठमाडौँ जोड्ने सडक अन्तर्गत कुलेखानी–कलंकी–हुमाने सडक खण्डमा सवारी आवागमन बन्द हुने भएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलङ्की–हुमाने सडक खण्ड कालोपत्रे गर्नेभएकोले उक्त सडक खण्डमा १९ दिनका लागि सवारी साधनको आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय, मकवानपुरले जनाएको छ । उक्त सडक खण्डको स्तरोन्नतिको कार्य भईरहेको छ ।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कंडेलले मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलङ्की–हुमाने सडक खण्ड कालोपत्रे गर्न आगामी जेठ २ गतेदेखि जेठ २० गतेसम्म १९ दिन उक्त सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने जानकारी दिनुभयो ।
सो अवधिमा हेटौँडा–काठमाडौँ वा काठमाडौँ–हेटौँडा यात्रा गर्नुपर्ने सवारी साधनहरूले अन्य वैकल्पिक मार्ग कान्तिलोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडकको प्रयोग गर्नसमेत जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना प्रकाशित गरी आग्रह गरेको छ ।

 

ताजा समाचार

Related Articles