खासकुरा संवाददाता
हेटौँडा, जेठ १७ गते ।
मकवानपुर राक्सिराङ गाउँपालिका ६ सिलाधुनीमा चट्याङ लागेर एक जना घाइते भएका छन् । 

स्थानीय वर्ष ३२ का राम बहादुर मुक्तानको घरमा एक्कासि चट्याङ पर्न गई निज मुक्तानको शरीरको विभिन्न भागमा चोट लागेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

यस्तै बिहीबार साँझ परेको चट्याङ लागेर घर नजिकै बाँधेर राखेको एउटा राँगो घटनास्थलमै मरेका छ ।

घरमा समेत सामान्य क्षति पुगेको प्रहरीको भनाई छ ।




