दुई हजार २५० किलो गाँजासहित तीन जना पक्राउ

लोकप्रिय

हेटौँडा, जेठ १७ गते । प्ररीले एक हजार २५० किलो गाँजा सहित उदयपुर र सिन्धुलीबाट तीन जना पक्राउ गरेको छ ।

उदयपुर, चौदण्डीगढी नगरपालिका-१ रानीटारबाट अवैध लागूऔषध गाँजा करिब १ हजार १ सय ४३ किलो २ सय ७५ ग्राम सहित २ जनालाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने रत्न माया श्रेष्ठ र ४२ वर्षीया कमला श्रेष्ठ रहेका छन् ।

रत्न मायाको घरमा लागूऔषध गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा ३५ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-२ झनझनेबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७ किलो १ सय १० ग्राम सहित रौतहट गरूडा नगरपालिका-४ बस्ने १९ वर्षीय गोपाल साहलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी झनझनेबाट खटिएको प्रहरीले मकवानपुरको कुलेखानीबाट सिन्धुलीतर्फ आउँदै गरेको प्र.२-०३-००१ च ५६७१ नम्बरको बोलेरो पिकअपलाई तलासी गर्दा सिमेन्टको बोराले छोपी लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी पिकअप चालक साहलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा समाचार

Related Articles