प्रदेशको एकल अधिकारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम आएको छः मुख्यमन्त्री लामा

लोकप्रिय

हेटौँडा, जेठ २१ गते ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले आगामी आवको नीति तथा कार्यक्रम प्रदेशको एकल अधिकारलाई प्राथकितामा राखेर ल्याएको बताउनुभएको छ ।

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा उठेको प्रश्नहरुको बुधबारको प्रदेश सभा बैठकमा जवाफ दिँदै भ्रष्टाचार नियन्त्रणका लागि विधि र प्रक्रिया बनाउनुपर्ने र सबैको अभिलेख राख्नुपर्ने बताउनुभयो ।

उहाँले नीतिगत सुधारका लागि सबैको सहयोग आवश्यकभएको भन्दै आफू तयार भएको र सबैले सहयोग गरेमा परिवर्तन गर्न सकिने बताउनुभयो । सरकारले मात्र गरेर कुनैपनि कुरा दिगो भएन भन्दै उहाँले भन्नुभयो, निजी क्षेत्रसँग पनि सहकार्य गरेर जानु आवश्यक छ ।

उहाँले भोट हेरेर योजना बनाउने र लैजाने गर्दा विकास हुँदैन भन्दै आफू पनि सुधारिन तयार भएको र सबै क्षेत्रमा सुधार आवश्यक भएको बताउनुभयो ।

मुख्यमन्त्री लामाले योजना बैंक कार्यान्वयन र भौतिक पूर्वाधार निर्माणमा एकद्धार प्रणालीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम आएको बताउनुभयो ।
चालु खर्च घटाउन तयार छौ तर सबैको समर्थन आवश्यक , संरचना घटाउन तयार हौ त्यो सामथ्र्य हामीसँग छ तर सबैको सहयोग आवश्यक उहाँले भन्नुभयो ।
प्रदेशको प्रदेश सभाबाट नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ ।

ताजा समाचार

Related Articles