दुर्घटनामा दुईको मृत्यु, एक जना घाइते

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ २४ गते ।
दोलखाको गौरीशंकर गाउँपालिका ४ डेपुङस्थित भित्री सडक खण्डमा सिंगटीबाट झ्याकुतर्फ जाँदै गरेको बा १६ च ७६५१ नं.को बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु र एक जना घाइतेभएका छन् ।

बोलेरो शुक्रबार साँझ आफै अनियन्त्रित भई सडकमै पल्टिएर दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

प्रहरीका अनुसार उक्त दुर्घटनामा घाईते भई गम्भीर भएकी दोलखा गौरीशंकर गापा.वडा नं.४ डेपुङकी वर्ष ४५ की फूलमायां शेर्पालाई उद्धार गरी उपचारको लागि चरीकोट तर्फ ल्याउँदै गरेको र गम्भीर घाईते वर्ष ३२ की डोल्मा शेर्पालाई उपचारको लागि पशुपति चौलागाई स्मृति अस्पताल चारीकोटमा ल्याउँदा निजको मृत्यु भएको अस्पतालका डाक्टरले राति २३ः३० जानकारी गराएका थिए ।

दुर्घटनामा घाईते भएका वर्ष ७४ को छिरी शेर्पाका स्थानीय रोल्वालिङ सामुदायिक अस्पताल सिंगटीमा उपचार भइरहेको छ । उक्त बोलरोमा सवार छ जना सवार रहेका थिए ।

गाडी चालक निङमा छेकु शेर्पा फरार रहेको र जोजतलास भईरहेको प्रहरीको भनाई छ ।
बोलेरो गाडीका धनी दोलखा गौरीशकर गापा ५ लामाटोल बस्ने वर्षका पासाङ तामाङलाई इलाका प्रहरी कार्यालय सिंगटी दोलखाले नियन्त्रणमा लिएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय सिंगटी दोलखाबाट करिब १५ कि.मि.पूर्व उत्तर रहेको छ ।

ताजा समाचार

Related Articles