पौडी खेल्ने क्रममा बगाएर मृत्यु

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, जेठ २६ गते । काभ्रेपचाञ्चोक जिल्लामा सुनकोशी नदीमा पौडी खेल्ने क्रममा नदीले बगाई एक युवकको मृत्यु भएको छ ।

महाभारत गाउँपालिका ४ बस्ने वर्ष २४ का साजन वाईबा सुनकोशी नदीमा पौडी खेल्ने क्रममा नदीले बगाई मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

सुनकोशी नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएपछि निजलाई खोजतलासको क्रममा करिब ५० मिटर मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।

वाइबा काभ्रेपचाञ्चोक तेमाल गाउँपालिका ३ चुखावेशी बृहत खानेपानी आयोजनाको ट्यांकी बनाउने कामदारका रुपमा रहेका थिए ।

उक्त स्थान प्रहरी चौकी पचुवारघाट काभ्रेबाट करिब एक किमि उत्तरमा रहेको छ ।

ताजा समाचार

Related Articles