भारतको अहमदाबादमा यात्रुवाहक विमान दुर्घटना

लोकप्रिय

नयाँ दिल्ली, जेठ २९ गते । भारतमा गुजरात राज्यको अहमदाबादमा आफ्नो एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको एअर इन्डियाले जनाएको छ।

उक्त विमान यूकेको लन्डनस्थित ग्याटविक तर्फको यात्रामा रहेको ग्याटविक विमानस्थलले पुष्टि गरेको छ।

अहमदाबाद विमानस्थलको टर्मिनल १ का व्यवस्थापकले बीबीसी हिन्दीसँग कुरा गर्दै विमानस्थल क्षेत्रको बाहिर धुवाँको मुस्लो देखिएको र त्यसको जाँचको लागि एक टोली खटाइएको बताएका छन्।

विमानस्थलबाट उड्ने वित्तिकै उक्त विमान दुर्घटनाग्रस्त भएको हुनसक्ने फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइट रेडारले सामाजिक सञ्जालमा जनाएको छ।

सामाजिक सञ्जालहरूमा राखिएका भिडिओहरूमा उक्त विमान आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको हुनसक्ने र त्यहाँबाट कालो धुवाँ उडिरहेको देख्न सकिन्छ।

ताजा समाचार

Related Articles