बिपी कोइराला ट्रस्टद्वारा पुरस्कार घोषणा

लोकप्रिय

काठमाडौँ, भदौ १८ गते ।

जननायक बीपी कोइराला स्मृति ट्रष्टले यस वर्षको बीपी कोइराला स्मृति साहित्य सम्मान पुरस्कार र बीपी कोइराला स्मृति प्रजातन्त्र सेनानी सम्मान पुरस्कार घोषणा गरेको छ ।

ट्रष्टले बीपी कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार तथा सम्मानअन्तर्गत साहित्य सम्मान पुुरस्कार–२०८० वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल (जनकपुर) र प्रजातन्त्र सेनानी सम्मान पुरस्कार–२०८० प्रजातन्त्र सेनानी ९२ वर्षीय डिल्लीरमण शर्मा (रूपन्देही)लाई प्रदान गर्ने निर्णय गरेको हो ।

साहित्य सम्मान पुरस्कारको राशि एक लाख एक हजार र प्रजातन्त्र सेनानी सम्मानको पुरस्कार ५१ हजार रुपैयाँको रहेको छ । ट्रष्टको पुरस्कार छनोट समितिका संयोजक डा धुव्रचन्द्र गौतमको संयोजकत्वमा ट्रष्टका महासचिव रामचन्द्र पोरखेल र डा ज्ञानु पाण्डेको सिफारिस समितिले उक्त पुरस्कार दिने निर्णय गरेको हो ।

उक्त सम्मान तथा पुरस्कार बीपी कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा यही भदौ २२ गते राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट प्रदान गरिने ट्रष्टका महासचिव रामचन्द्र पोखरेलले जानकारी दिनुभयो । रासस

ताजा समाचार

Related Articles