काठमाडौँ , असार २२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय र नेपाली सेनाको सैनिक सङ्ग्रहालयको आइतबार अवलोकन गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित छाउनी संग्राहलयको अवलोकन गर्नुभएको हो ।

उहाँलाई पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, सङ्ग्रहालय का प्रमुख अरूणा नकर्मी र राष्ट्रिय मुद्रा सङ्ग्रहालयका प्रमुख मायादेवी अर्याल लगायतका पदाधिकारीहरूका साथै सैनिक सङ्ग्रहालयमा पुग्दा नेपाली सेनाका बलाधिकृत निर्मलकुमार थापाले स्वागत गर्नुभएको थियो ।

सैनिक संग्राहलयमा सङ्ग्रहालय प्रमुख प्रमुख सेनानी गेलान लामाले सङ्ग्रहालयका बारेमा जानकारी गराउनुभएको थियो । त्यस्तै राष्ट्रिय संग्राहलयमा प्रमुख नकर्मीले सङ्ग्रहालयका बारेमा जानकारी गराउनुभएको थियो ।




