हेटौँडा, असार २३ गते । जेसीआई हेटौँडाको आयोजनामा हेटौँडा वडा नं. ९ मा अवस्थित त्रिवेणी आधारभूत विद्यालयमा पोशाक वितरण गरिएको छ ।
जेसीआई हेटौँडा वर्ष २०२० का शाखा अध्यक्ष सिनेटर राजदेव बानियाँका पिता बिहारी लाल बानियाँको स्मृतिमा सोमबार पोशाक वितरण गरिएको हो ।
जेसी आँसु बानियाँको संयोजकत्व, जेसीआई हेटौँडा वर्ष २०२५ का शाखा अध्यक्ष सिनेटर पंकज दास बानियाँको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका वडा नंं ९ का वडाध्यक्ष एवम् जेसीआई हेटौँडाका मानार्थ सदस्य सुकराम केसीको प्रमुख आतिथ्यता पोशाक वितरण गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक एवम् जेसीआई हेटौँडा लेडी वर्ष २०२० का शाखा अध्यक्ष जेसी सुशीला पौडेल, वडा नंं ९ का वडा सदस्यहरु कमला पौडेल, विष्णु राना, जेसीआई नेपाल वर्ष २०२५ का राष्ट्रिय महासचिव सिनेटर विकेश लाल श्रेष्ठ, जेसीआई हेटौँडा वर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष सन्तोष पराजुली, महासचिव जेसी संजय कुमार न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।
विद्यालयमा नर्सरी कक्षामा अध्यरत २५ जना विद्यार्थीलाई टि—सर्ट, टाउजर, जुत्ता, मोजालगायतका पोशाकहरु हस्तान्तरण गरिएको थियो ।




