यमनको राजधानीमा विस्फोट

लोकप्रिय

यमन, भदौ १८ गते ।

आइतबार राति हुथी नियन्त्रित यमनको राजधानी सानामा रहेको एउटा ग्यास स्टेशनमा विस्फोट भएको छ । विस्फोटका कारण आगलागी भएको बताइएको छ ।

राजधानी उत्तरपूर्वी भगमा रहेको अल खुराफी सैन्य शिविरको अगाडि रहेको मुजाफर ग्यास स्टेशनमा विस्फोट भएको हो । हुथी सेनाहरुले सो क्षेत्रलाई घेरा हालेका थिए । विस्फोटको आवाज पूरा शहरमा सुनिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

त्यसपछि लागेको आगो पूरा शहरबाट देखिएको थियो । हुथी समूहले स्टेशनमा विद्युत् सर्टका कारण आगलागी भएको हुनसक्ने बताइएको छ । आगोबाट बच्न स्थानीयले आफ्नो घर खाली गरेका थिए । सिन्ह्व

ताजा समाचार

Related Articles