राक्सिराङ गाउँपालिकाको खर्च करिब ८० प्रतिशत

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असार २९ गते । राक्सिराङ गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१०८२ मा विनियोजित बजेटको झण्डै ८० प्रतिशत खर्च गरेको छ ।
चालु आवका लागि विनियोजित ५९ करोड ५७ लाख २३ हजार विनियोजन भएकोमा असार २५ गतेसम्ममा ७९.७४ प्रतिशत अर्थात् ४७ लाख ५० हजार ३५ हजार ४८ रुपियाँ ६१ पैसा खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बस्नेतले जानकारी दिनुभयो ।

चालुतर्फ विनियोजित ३७ करोड १४ लाख ५३ हजारमा ८१.०९ प्रतिशत अर्थात् ३० करोड ११ लाख ९५ हजार ४९९ रुपियाँ र पुँजीगततर्फ विनियोजित २२ करोड ४२ लाख ७० हजारमा ७७.५२ प्रशित अर्थात् अर्थात् १७ करोड ३८ लाख ४५ हजार ५४९ रुपियाँ खर्चभएको छ ।

राक्सिराङका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले गाउँपालिकाका नागरिकको जानकारी एवं आर्थिक पारदर्शीताका लागि चालु आवको प्रारम्भिक खर्च विवरण सार्वजनिक गरिएको बताउनुभयो ।

ताजा समाचार

Related Articles