काठमाडौँ, असार ३० गते । प्रहरीले अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ लेवटचोकस्थित सूर्य होटलबाट अवैध लागूऔषध गाँजा करिब ७ किलो १ सय ४५ ग्राम सहित होटल संचालक सोही उपमहानगरपालिका-३ बस्ने ३९ वर्षीय बिकास लामालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-४ शहिद गेटस्थित चौलानी होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डोटी जोरायल गाउँपालिका-२ घर भएका २४ वर्षीय नबिन मगर र डडेलधुरा अजयमेरू गाउँपालिका-६ बस्ने २८ वर्षीय सुनिल खड्का रहेका छन् । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१० जुगेडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-९ बंग्रा कटान बस्ने ३३ वर्षीय नारायण विकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, बिर्तामोड नगरपालिका-६ स्याँलडागीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने १९ वर्षीय लाडला मिया र २० वर्षीय ममताज मिया रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

काभ्रे, धुलिखेल नगरपालिका-९ काभ्रेभन्ज्याङबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २० हजार ९ सय ४० ट्याब्लेट, नाईट्राजेपाम २ हजार ९ सय ५० ट्याब्लेट, डाईजेपाम ५३ एम्पुल, बुप्रेनोर्फिन ५३ एम्पुल र फेनारगन ५३ एम्पुल सहित ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही लालबन्दी नगरपालिका-५ घर भएका ४२ वर्षीय लाल बाबु कापर, खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-६ घर भएका २२ वर्षीय हेल कुमार परियार, रामेछाप मन्थली नगरपालिका-७ घर भएका २१ वर्षीय रूपेश भुजेल र सर्लाही कविलासी नगरपालिका-३ घर भएका २१ वर्षीय राजेश यादव रहेका छन् । अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ज ०७७३ नम्बरको हायसलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक लाल बाबु र हायसमा सवार हेल कुमार, रूपेश र राजेशलाई पक्राउ गरेको हो ।

सिराहा, गोलबजार नगरपालिका-१ गागन खोलाको झोलुङे पुलबाट अवैध लागूऔषध गाँजा २ किलोग्राम सहित सोही नगरपालिका-१ मुक्सार टोल बस्ने २७ वर्षीय मुनिन्द्र साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मुक्सारबाट खटिएको प्रहरीले गोलामुक्सारबाट मुक्सार गाउँतर्फ आउँदै गरेको स.५ प ८६८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ६० मिलिग्राम सहित सुन्दरहरैँचा नगरपालिका-७ बस्ने २१ वर्षीय आविश उरावलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३० मिलिग्राम सहित शुक्लाफाँटा नगरपालिका-२ बन्साह बस्ने २९ वर्षीय खगेन्द्र महरालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुडाँ समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाँके, कोहलपुर नगरपालिका-११ शान्तिटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ४० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीया सपना गन्धर्व र सोही नगरपालिका-११ लोकनगर बस्ने २१ वर्षीय धिरज गन्धर्व रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले सपनाको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । ललितपुर महानगरपालिका-१२ मंगलबजार चक्रबहीलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २३ ट्याब्लेट सहित सोही ठाउँ बस्ने काभ्रे पाँचखाल नगरपालिका-८ घर भएका २५ वर्षीय सूर्य बहादुर बुढाथोकीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ धुलियाबिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय भुपेन्द्र पोखरेललाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको क.प्र.०२-००१ प ७००६ नम्बरको मोटरसाइकलमा समेत बरामद गरेको छ ।
यस्तै, काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित रूपन्देही बुटवल उपमहानगरपालिका-११ बस्ने २३ वर्षीय अभिशेक श्रेष्ठलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र.०१-००६ ख ४७९६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
धादिङ, बेनीघाट रोराङ गाउँपालिका-२ आँपटारबाट अवैध लागूऔषध गाँजा करिब १ सय ४३ किलो ८ सय ४० ग्राम सहित भारत बिहार मोतिहारी थाना रक्सोल नोइपाढीह-४ सहदेवा बस्ने ४५ वर्षीय सरहज मियाँलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गजुरी र प्रहरी चौकी ताल्तिबाट खटिएको प्रहरीले कान्द्राङगढीबाट मलेखुतर्फ आँउदै गरेको बिआर ०६ पिसि ११६७ नम्बरको गाडीलाई जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारी चालक मियाँलाई पक्राउ गरेको हो ।
सिराहा, गोलबजार नगरपालिका-३ जम्दहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २० वर्षीय जय कुमार नायक र मिर्चैया नगरपालिका-७ बस्ने २७ वर्षीय रंजित कुमार मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




