हेटौँडामा ई–स्पोट्र्स प्रतियोगिता हुँदै

लोकप्रिय

हेटौँडा, साउन ६ गते । हेटौँडा सिटी कलेजको आयोजनामा हेटौँडामा दोस्रो संस्करणको ई–स्पोट्र्स एरिना प्रतियोगिता हुने भएको छ । यही साउन ७ र ८ गते प्रतियोगिता हुने आयोजक कलेजले हेटौँडामा मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
प्रतियोगितामा फ्रि फायर, पब्जी र ई–फुटबल गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ ।
विद्यालयका प्रिन्सिपल श्रीबहादुर कार्कीका अनुसार प्रतियोगितामा फ्रि फायरमा ३६ स्लट, पब्जीमा १२ स्लट र ई–फुटबलमा ४० स्लट रहनेछ । तिनवटै विधामा गरी २८० जना खेलाडीहरूको सहभागिता रहने छ ।
विद्यालयका प्रशासन प्रमुख सुमन्त सिलवालका अनुसार ई–स्पोट्र्स प्रतियोगिताको पुरस्कार राशि कुल ५० हजार रुपियाँ रहेको छ ।
फ्रि फायर खेलमा प्रथम हुने टोलीलाई नगद ११ हजार रुपियाँ, दोस्रो हुनेलाई पाँच हजार पाँच सय र तेस्रो हुनेलाई दुई हजार पाँच सय र उत्कृष्ट खेलाडीले दुई हजार रुपियाँ प्राप्त गर्ने भएका छन् । पब्जी खेलमा प्रथम, द्वितीय, तृतीय र उत्कृष्ट हुने खुलाडीले क्रमशः आठ हजार पाँच, चार हजार, दुई हजार र एक हजार पाँच सय रुपियाँ पुरस्कार प्राप्त गर्ने छन् । यस्तै ई–फुटबलमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः चार हजार, दुई हजार पाँच सय र एक हजार पाँच सय रुपियाँ प्रदान गरिनेछ उत्कृष्ट गोलकर्तालाई एक हजार रुपियाँको पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल साउन ८ गते हुनेछ ।

ताजा समाचार

Related Articles