बाघ नियन्त्रणमा

लोकप्रिय

चितवन, साउन ७ गते । चितवन राष्ट्रिय निकुञ्जबाट मानव वस्तीमा प्रवेश गरेको बाघलाई नेपाली सेना, प्रहरी र निकुञ्जको प्राविधिक टोलीले भरतपुर महानगरपालिका–२७ बुद्धनगरबाट मंगलबार नियन्त्रणमा लिएको छ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तका अनुसार, नियन्त्रणमा लिइएको बाघको आनुवंशिक तथा व्यवहार सम्बन्धी अध्ययन गरेर खोरमा राख्ने वा अन्य निर्णय गरिनेछ। अहिलेसम्म बाघले मानिस वा पशुमा कुनै क्षति पुर्‍याएको छैन।

साउन ४ गते बुद्धनगरको झाडीमा बाघ देखिएको स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

ताजा समाचार

Related Articles