एमाले प्रमुख सचेतकमा श्रेष्ठ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन २२ गते । नेकपा एमाले बागमती प्रदेश सभा संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी एकालाल श्रेष्ठलाई प्रदान गरिएको छ ।
एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले श्रेष्ठलाई संसदीय दलको प्रमुख सचेतकमा मनोनयन गर्नुभएको हो ।
एमाले प्रमुख सचेतक मधुसूदन पौडेल बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्री बन्नुभएसँगै पूर्व मन्त्री श्रेष्ठलाई रिक्त प्रमुख सचेतकको जिम्मेवारी बिहीबार प्रदान गरिएको एमाले संसदीय दलको कार्यालयले जनाएको छ ।

ताजा समाचार

Related Articles