खासकुरा संवाददाता
हेटौँडा, भदौ १ गते । पत्रकारिता सत्य, तथ्य र यर्थाथमा आधारित हुनुपर्ने बताउनुभएको छ ।
३१ औं तामाङ प्रसारण दिवसका अवसरमा आइतबार हेटौँडामा आयोजित अन्तरक्रिया कार्यक्रम तथा पुरस्कार वितरण समारोहमा बोल्दै मुख्यमन्त्री बानियाँले पत्रकारिता निष्पक्ष, पारदर्शी पत्रकारिता खोजमूलक यथार्थ, सत्य तथ्यमा आधारित हुनुपर्ने बताउनुभएको हो ।
तामाङ पत्रकार संघ बागमती प्रदेश र तामाङ पत्रकार संघ मकवानपुरको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा
कसैको हुर्मत झार्नलाई पत्रकारिता गर्न नहुने बताउनुभयो । जे पायो त्यही पत्रिकामा लेख्ने, कुनै पनि भाषामा कसैको हुर्मत झार्ने गरी हुँदा नहुँदाको कुरा झुटमुटका कुरा लेख्नु त्यो पत्रकारिता होइन उहाँले भन्नुभयो, त्यो पितपत्रकारिता हो ।
उहाँले अगाडि भन्नुभयो, गणतन्त्रमा सबै भाषाभाषीलाई समान अवसर दिने हो तर समान अवसरको नाममा भ्रमको राजनीति पनि काम छैन भ्रमको पत्रकारिता पनि काम छैन ।
उहाँले धर्म र भाषाका नाममा राजनीति गर्न नहुनेमा जोड दिनुभयो ।
भाषा, संस्कृति र परम्पराको संरक्षण गर्ने हो । भाषा र सभ्यतालाई जोगाउने हो भन्दै उहाँले धर्म र जातको नाममा राजनीति गर्नु हुँदैन भन्नुभयो ।
विगतमा कसैले धर्मको नाममा त कसैले जातका नाममा राजनीतिमा भ्रम सिर्जना गर्ने काम गरेको उहाँको भनाई छ ।
उहाँले भाषाको संरक्षण गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रमा राज्यको दायित्व हो भन्दै । भाषाको संरक्षण प्रदेश सरकारले गर्ने बताउनुभयो ।
तामाङ पत्रकार संघ बागमती प्रदेशका अध्यक्ष ज्ञानेन्द्र तामाङको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य गोविन्द चेपाङ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनस्थम थिङलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा भुवन (सोमलाल) घलान र अर्जुनबहादुर तामाङलाई सम्मान गरिएको थियो । साथै मुख्यमन्त्री बानियाँले आफ्ना दिवंगत पिता स्व. क्षेमबहादुर बानियाँ र दाजु राजकुमार बानियाँको स्मृतिमा दुई लाख रुपियाँ अक्षय कोष स्थापना गर्न तामाङ पत्रकार संघ बागमती प्रदेश सहयोग गर्नुहुँदै चेक हस्तान्तरण गर्नुभएको थियो ।




