खासकुरा संवाददाता
हेटौँडा, भदौ १८ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रदेशका मन्त्रीहरुबीच कार्यसम्पादन करार सम्झौता गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बुधबार भएको कार्यक्रममा मुख्यमन्त्री र प्रदेशका १३ जनाबिच कार्यसम्पादन करार सम्झौता भएको हो ।
कार्यसम्पादन करार सम्झौतामा चालु आर्थिक वर्ष २०८२÷८३ मा मन्त्रीहरूले सम्पादन गर्ने कार्यहरू, जिम्मेवारी, कार्ययोजना, समय सीमालगायतका बारेमा उल्लेख गरिएको छ ।
सो अवसरमा प्रदेशका कृषि तथा पशुपन्क्षी विकास मन्त्री मधुसूदन पौडेलले भाषणले भन्दा कामले संघीयता बलियो हुने बताउनुभयो ।
मुख्यमन्त्री बानियाँले सुशासन र पारदर्शीताका लागि जवाफदेही भएर काम गर्न आग्रह गर्नुभयो ।
मुख्यमन्त्रीले मन्त्रीहरुसँग कार्यसम्पादन करार सम्झौतापछि मन्त्रीहरुले मन्त्रालयका सचिवहरुसँग कार्यसम्पादन सम्झौता गर्ने छन् ।




