खैरो हेरोईनसहित दुई जना पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, भदौ ३१ गते । प्रहरीले खैरोहेरोईनसहित हेटौँडा उपमहानगरपालिका वडा नं. १२ स्थित सिक्रेनीबाट दुई जनालाई पक्राउ गरेको छ ।
हेटौँडा १२ सिक्रेनीका २५ वर्षीय उमेश लामाको घरमा लागूऔगाध बिक्रीवितरण भईरहेको अवस्थामा लामा र हेटौँडा १३ का २९ वर्षीय विनोद गुरूङलाई खैरो हिरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
निजहरुको साथबाट बिक्री वितरण गर्न सानो सानो पुरिया बनाई झोलाभित्र लुकाई राखेको अवस्थामा पाँच ग्राम तीन सय मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला पारेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार निजहरु उमेश लामा र विनोद गुरुङलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटाँैडाबाट लागूऔषध कसुर मुद्दामा म्याद अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको छ ।

ताजा समाचार

Related Articles