खासकुरा संवाददाता
हेटौँडा, असोज ४ गते । मुग्लिङ – नारायणगढ सडक खण्ड सुख्खा पहिरोका कारण शुक्रबार साँझबाट अवरुद्ध भएको छ ।
मुग्लिङ–नारायणगढ सडक खण्डमा पर्ने चितवन जिल्लाको इच्छाकामना गाउँपालिका वडा नं ५ तुइनखोलामा सडक माथिबाट सुख्खा पहिरो खसी दुईतर्फ सडक अवरोध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सडक अवरोध हटाउने कार्य भइरहेकोमा लगातार माथिबाट सुख्खा पहिरो गइरहेकोले पहिरो पन्छाउन कठिनाई भएको प्रहरीको भनाई छ । उक्त मार्गबाट आवतजावत गर्ने यात्रुहरुले वैकल्पिक बाटोको प्रयोग गरी आवतजावत गर्नुहुन वा सडक अवरोध हटाउने कार्य सम्पन्न भए पश्चात मात्र उक्त मार्गको प्रयोग गर्नु हुन जिल्ला प्रहरी कार्यलय चितवनले आग्रह गरेको छ ।
साथै उक्त सडक खण्डमा यात्रा गर्नु पूर्व नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरेर मात्र यात्रा गर्नहुन जिल्ला प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ ।




