खासकुरा संवाददाता
हेटौँडा, असोज ४ गते । मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी आइकेओ युनियनको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिको प्राङ्गणमा शनिबार भएको सो रक्तदान कार्यक्रम संघका अध्यक्ष बुद्धिनाथ न्यौपानेको सभाध्यक्षता तथा सल्लाहकार एवम् सचेत नागरिक समूहका अध्यक्ष शिव नारायण श्रेष्ठको प्रमुख आतिथ्यता भएको हो ।
संघले आयोजना गरेको उक्त छैटौँ रक्तदान कार्यक्रममा दुई जना महिलासहित २३ जना रक्तदाताले रक्तदान गरेको बागमती प्रदेश फुलकन्ट्याक्ट कराते महासंघका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक विष्णु श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्षद्वय सानुकुमार लामा र माधव तिमल्सिना, कार्यालय प्रमुख माधव कोइराला ,नेपाल बालकुमारी क्योकुशिन कराते संघका केन्द्रीय सदस्य सुदर्शन खतिवडा, बागमती प्रदेश फुलकन्ट्याक्ट कराते महासंघका सदस्यद्वय सुसन श्रेष्ठ र सुमन कर्माचार्य, अशोक डिमडुङ, सीता श्रेष्ठ, संघका सचिव राम शरण धिताललगायतको उपस्थिति थियो ।




