होटल एसोसियसनद्वारा उपमहानगरलाई सहयोग

लोकप्रिय

हेटौँडा, असोज ६ गते । जेनजीको प्रदर्शनीका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको हेटौँडा उपमहानगरपालिकालाई मकवानपुर होटल एसोसियसनले विद्युतीय उपकरणहरु सहयोग प्रदान गरेको छ ।
गत भदौ २४ गते भएको प्रदर्शनीका क्रममा प्रदर्शनकारीहरुले उपमहानगरपालिकाको भवनमा गरेको आगजनी र तोडफोडबाट ठुलो क्षति बेहोरेको उपमहानगरपालिकालाई कम्प्युटर सेट, प्रिन्टर टेबुल र कुर्सी सहयोग प्रदान गरेको हो ।
उपहमहानगर पसिरमा आइतबार आयोजित कार्यक्रममा एसोसियसनका अध्यक्ष दिलगोविन्द जोशीले हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामालाई विद्युतीय उपकरणहरु हस्तान्तरण गर्नुभयो ।
उपकरण अभावमा समस्या भएका कारण तत्काल नागरिकलाई सेवा प्रदान गर्न सहजताका लागि कम्प्युटर सेट, प्रिन्टर, टेबुल र कुर्सी दुई–दुई थान सहयोग प्रदान गरेको अध्यक्ष जोशीले जानकारी दिनुभयो ।
उपमहानगरपालिकाका अधिकृत छैटौँ श्यामकुमार श्रेष्ठले उवेपमहानगरको भवनमा भएको आगजनीका कारण नागरिकलाई सामान्य सेवा प्रवाहमा समेत समस्या भएको बताउनुभयो ।
उहाँका अनुसार भवनमा रहेको लेखा शाखा, नक्सा फाँट र प्रशासन महाशाखामा आंशिक क्षति पुगेको छ ।
जिन्सी शाखा, राजस्व, नगरप्रमुख, उपप्रमुखको कार्यकक्षलगायतका उपमहानगरका महाशाखाहरुमा रहेको फर्निचर, विद्युतीय उपकरण, कार्यालयका कागजात सबै आगजनीका कारण जलेर नष्टभएको छ ।

ताजा समाचार

Related Articles