नष्ट भएका कागजात पुर्नप्राप्तिका लागि सर्वोच्चको १७ बुँदे निर्देशिका

लोकप्रिय

काठमाडौँ, असोज १२ गते । सर्वोच्च अदालतले भदौ २३ र २४ गतेको विशेष परिस्थितीका कारण नष्ट भएका मिसिल कागजातको पुर्नप्राप्ति र प्रमाणीकरण सम्बन्धी निर्देशिका, २०८२ जारी गरिसकेको छ । सर्वोच्च अदालतका सूचना अधिकारी तथा उपरजिष्ट्रार निराजन पाण्डेका अनुसार सर्वोच्चमा पाँच हजार मुद्दा जलेर नष्ट भएका छन् ।

निर्देशिका बमोजिम ‘नष्ट भएका मिसिल’ भन्नाले अदालतमा विचाराधीन वा फैसला भइ फैसलाको पूर्णपाठ तयार हुन बाँकी रहेका, फैसला कार्यान्वयनको क्रममा रहेका, अभिलेखको रुपमा रहेका मुद्दाको मिसिलमा रहेका कागजातहरु आंशिक वा पूर्णरुपमा क्षति भएको अवस्थालाई सम्झनुपर्नेछ ।

उहाँका अनुसार सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १६४ को उपनियम (१) ले दिएको अधिकार प्रयोग गरी सर्वोच्च अदालतले यो निर्देशिका बनाएको हो ।  उक्त निर्देशिका मुख्यगरी १७ बुँदामा जारी गरिएको छ ।

जसअन्तर्गत, अदालत भन्नाले सर्वोच्च अदालत, उच्च अदालत वा जिल्ला अदालत सम्झनु पर्छ र सो शब्दले कुनै खास किसिमका मुद्दाको कारवाही, सुनुवाई र किनारा गर्न अधिकार प्राप्त अन्य अदालत, न्यायिक निकाय वा अधिकारी समेतलाई जनाउँछ । “मुद्दा” भन्नाले देवानी, फौजदारी, रिट लगायतका सम्पूर्ण मुद्दालाई सम्झनु पर्छ र सो शब्दले अदालतमा रहेका निवेदन प्रतिवेदनसमेतलाई जनाउँछ । “विशेष परिस्थिति” भन्नाले प्राकृतिक प्रकोप, अश्विनी गडफोड र लुटपाट वा अन्य कारणबाट कुनै अदालतमा रहेको मिसिलहरु नष्ट भएको अवस्थालाई सम्झनु पर्छ ।

ताजा समाचार

Related Articles