खासकुरा संवाददाता
हेटौँडा, असोज १२ गते । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहित पाँच जनालाई विदेश जान रोक लगाइएको छ ।
जेन–जी आन्दोलन दमनवारे जाँचबुझ गर्न गठित आयोगले विदेश जान रोक लगाउन सरकारलाई सिफारिश गरेको हो ।

गत भदौ २३ र २४ को जेन जी आन्दोलनको क्रममा भएका घटना सम्बन्धी जाँचबुझ गर्न गठित आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसहित पाँच जनाको विदेश भ्रमण रोक लगाउन आइतबार सिफारिश गरेको हो ।

आयोगले भदौ २३ र २४ गतेका घटनाहरुको छानबिन तथा जाँचबुझको सिलसिलामा पूर्व प्रधानमन्त्री ओली,पूर्व गृहमन्त्री, लेखक, पूर्व गृह सचिव, गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान प्रमुख, हुतराज थापा र काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी, छविलाल रिजाललाई विदेश जान रोक्न आग्रह गर्दै सरकारलाई पत्रचार गरेको छ ।

उहाँहरु अनुसन्धानको दायरामा रहेको हुँदा निजहरुको विदेश भ्रमण रोक लगाउन आवश्यककारवाही गर्नहुन तथा छानविनका लागि कुनैपनि समयमा आयोगमा उपस्थित हुनु पर्ने हुँदा आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न समेत आयोगले आग्रह गरेको छ ।





