महिला मृत अवस्थामा फेला

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, असोज १२ गते । मकवानपुरको बकैया गाउँपालिका ६ सिरवानकी एक वृद्धा मृत अवस्थामा फेला परेकी छिन् ।
७० वर्षीया कान्छीमाया थिङ आइतबार मृत अवस्थामा फेला परेकी हुन् ।

बारा जिल्ला निजगढ नगरपालिका १२ रामथलीस्थित छोरीको घरबाट आफ्नो घरतर्फ आउन थिङ शनिबार दिउँसो ४ः०० बजे हिडेकोमा घरमा नपुगी सम्पर्कबिहीन भएपछि आफन्तहरुले खोजतलास गर्ने क्रममा आइतबार दिउँसो १ः३० बजे आफ्नो घरबाट अन्दाजी पाँच सय मिटर पश्चिम तर्फ रहेको बकैया गापा ६ स्थित सिरवान जंगलको गोरेटो बाटोबाट करिब ३५ फिट तल लडी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शव पोष्टमार्टमका लागि हेटौँडा अस्पताल पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

ताजा समाचार

Related Articles