देशले अनुभवी राजनीतिज्ञ गुमायो: सभामुख घिमिरे

लोकप्रिय

काठमाडौँ,  भदौ २६ गते ।

सभामुख देवराज घिमिरेले संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले मर्माहित भएको बताउनुभएको छ ।

उहाँले  नेकपा (एमाले)का उपाध्यक्षसमेत रहनुभएका नेम्वाङको  निधनप्रति दुःख व्यक्त गर्दै नेपालको संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको  छ भन्नुभयो । “प्रतिनिधिसभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको छु । दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै उहाँको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु”, उहाँले भन्नुभएको छ ।

नेम्वाङको हृदयघातबाट गए राति १ः३० बजे निधन भएको हो ।  

ताजा समाचार

Related Articles