पर्सामा मोतिविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, कात्तिक २६ गते । हेटौँडा सामुदायिक आँखा अस्पतालले पर्साको पर्टेवा सुगौली गाँउपालिकाको समन्वय एवम् कियोर ब्लाईन्डनेश प्रोजेक्टको सहयोगमा ४०७ जना मोतिविन्दुका विरामीको निःशुल्क शल्यक्रिया पर्टेवा सुगौली गाउँपालिकाको निचुटामा सम्पन्न गरेको छ ।

जिरा भवानीपुर, जगन्नाथपुर, ठोरी, सखुवा पर्सौनी, पर्टेवा सुगौली गाउँपालिका निचुटा र पोखरीया नगरपालिकामा निःशुल्क आँखा शिविर अयोजाना गरी मोतिविन्दु भएकाहरुको छनौट गरिएको थियो ।
आँखा शिविरमा दुई हजार तीन सय जनाको आँखा जाँच गरिएकोमा ५१४ जना मोतिविन्दु भएको पाइएको थियो ।

तिलगंगा आँखा प्रतिष्ठान, हेटौँडा सामुदायिक आँखा अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. मोहिनी श्रेष्ठको टोलीले शल्यक्रिया गरेको थियो । हेटौँडा सामुदायिक आँखा अस्पतालले पर्टेवा सुगौली गाउँपालिकाको निचुटामा आँखा केन्द्र संचालन गर्दै आएको छ ।

ताजा समाचार

Related Articles