काठमाडौँ, पुस १२ गते । प्रधानमन्त्री सुशीला कार्कीले दिगो लोकतन्त्र र राजनीतिक स्थिरताका लागि फागुन २१ गते हुने निर्वाचन सफल पार्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ।

निर्वाचन सफल बनाउन राजनीतिक दलहरूबाट प्राप्त प्रतिबद्धता स्वागतयोग्य भएको भन्दै प्रधानमन्त्री कार्कीले सरकार निष्पक्ष र भयरहित निर्वाचन वातावरण सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो।

प्रधानमन्त्री काकीले निष्पक्षता र सुरक्षाका विषयमा कुनै पनि संशय नरहने गरी सरकार काम गरिरहेको उल्लेख गर्नुहुँदै निर्वाचनलाई विश्वसनीय, शान्तिपूर्ण र समावेशी बनाउने दिशामा सबै संयन्त्र परिचालन गरिएको बताउनुभयो ।




