खासकुरा संवाददाता
हेटौँडा, पुस १५ गते । हेटौँडा उपमहानगरपालिका २ स्थित सिद्धार्थ माध्यामिक विद्यालयले स्थापनाको ५० औँ वर्षको अवसरमा स्वर्ण जयन्तीको लागि तयारी सुरु गरेको छ ।
आगामी माघ २ गतेदेखि ८ गतेसम्ममा विविध कार्यक्रमको आयोजना गरी स्वर्ण जयन्ती मनाउन सहयोग जुट्ने क्रम सुरुभएको छ ।

विद्यालयको स्वर्ण जयन्ती सहयोग अभियान अन्तर्गत विद्यालयका पूर्वविद्यार्थी विनोद सुवेदीले सहयोग प्रदान गर्नुभएको छ ।
बालजागृति इङ्लिस सेकेण्डरी विद्यालयका प्रिन्सिपलसमेत रहनुभएका पूर्वविद्यार्थी सुवेदीले स्वर्ण जयन्ती मूल समारोह समितिका संयोजक एवं हेटौँडा उपमहानगरपालिका २ का वडाध्यक्ष विष्णुगोपाल महर्जनलाई ५० हजार ५५० रुपियाँ बराबरको चेक हस्तान्तरण गर्नुभयो । सो अवसरमा वडा सदस्य ईन्द्रप्रसाद रिजालको उपस्थिति रहेको थियो ।
यस्तै विद्यालयका अभिभावक निरञ्जन विष्टले विद्यालयको स्वर्ण जयन्ती सहयोगार्थ ११ हजार १११ रुपियाँ सहयोग प्रदान गर्नुभएको छ । स्वर्ण जयन्ती समारोहलाई भव्यताका साथ सम्पन्न गर्न ५०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।




