रामेछाप, माघ २७ गते । रामेछाप सदरमुकाम मन्थलीनजिक बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा बसका चालक सहित ८ जना घाइते भएका रामेछापका प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिनुभयो ।

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०१–०१–००५ ख. ९९७५ नम्बरको बस रामेछाप मन्थली नगरपालिका–६, मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको हो ।

रामेछापका प्रहरी नायब उपरीक्षक भट्टका अनुसार नदीमा डुबेको बसबाट यात्रुको उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल लगिएको छ । रासस




