यु–१९ साफ च्याम्पियनसिपमा भारतको विजयी सुरुवात

लोकप्रिय

काठमाडौँ, असोज ४ गते ।

काठमाडौँमा जारी यु–१९ साफ च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ ।

दशरथ रङ्गशालामा भएका साफ च्याम्पियनसिपको पहिलो खेलमा समूह बीमा रहेको भारतले बङ्गलादेशलाई ३–० गोलले पराजित गरेको हो । भारतको जितमा गुग्मसार गोयरी, नाओबा पंगमबर र अर्जुन सिंह ओइनाले एक एक गोल गरेका थिए ।

भारतले खेलको पहिलो मिनेटमा नै गोल गर्दै बंगलादेशविरुद्ध अग्रता बनाएको थियो । उसका लागि गुग्मसार गोयारीले गोल गरेका थिए । त्यसपछि बङ्गलादेशले एक पछि अर्को बराबरीको अवसर पाएता पनि त्यसमा सफल हुन सकेन । भारतले पहिलो हाफको अन्तिम मिनेटमा अग्रतालाई दोब्बर बनायो । भारतका लागि नाओबा पंगमबमले दोस्रो गोल गरे ।

पहिलो हाफमा दुई शून्यको अग्रता बनाएको भारतले दोस्रो हाफमा एक गोल थप्दै तीन शुन्य गोलले जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । भारतका लागि तेस्रो गोल खेलको ९० औँ मिनेटमा गरेको थियो । कप्तान इशान शिशोदियाो पासमा अर्जुन सिंह ओइनामले तेस्रो गोल गरेका हुन् ।

भारतको समूहमा बंगलादेशसहित भुटान रहेको छ । त्यस्तै समूह ए मा आयोजक नेपालसहित पाकिस्तान र माल्दिभ्स रहेका छन् ।

ताजा समाचार

Related Articles