भ्यान दुर्घटनामा पत्रकार ऋषि थपलिया घाइते

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, फागुन १८ गते । मकवानपुरको भीमफेदी गाउँपालिका ६ स्थित जुरिखेतमा भएको सवारी दुर्घटनामा पत्रकार ऋषि थपलियासहित तीन जना घाइते हुनुभएको छ ।
भीमफेदी–कुलेखानी–काठमाडौँ सडकको भीमफेदी गाउँपालिका ६ जुरीखेतस्थित सडक खण्डमा सोमबार भएको सवारी दुर्घटनामा पत्रकार थपलियासहित तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

काठमाडौँबाट चपुर जान आउँदै गरेको बा.प्र.०१–००४ क २६९० नं. को प्राईम टिभी, काठमाडौँका पत्रकार सवार विङ्गर भ्यान ब्रेक फेल भई सडकको दाईने साईडको भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।

उक्त गाडीमा सवार धादिङ निलकण्ठ नगरपालिका १० का ३० वर्षीय ऋषि थपलिया, पर्सा पटेर्वा सगौली गाउँपालिका २ का ३५ वर्षीय सुरज खनाल र बिङ्गर चालक दोलखा मेलुङ गाउँपालिका ५ का वर्ष २७ का सन्तोष थापा मगर तीनै जनाको प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीमा उपचार पश्चात् डिस्चार्ज भई गएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार पत्रकार थपलियाको टाउको, दुवै हात र दुवै खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको छ ।
दुर्घटना भएको गाडीको अगाडिको भागमा क्षति भएको छ ।

ताजा समाचार

Related Articles