हेटौँडा, चैत ६ गते । हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ पहिरोका कारण अवरुद्ध भएको छ । शुक्रबार साँझ करिब ५ बजेको समयमा मकवानपुरको भीमफेदी गाउँपालिका–८ गंगटे क्षेत्रमा सडक माथिबाट पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुस्कर बोगटीले पहिरो खसेपछि सवारी आवागमन अबरुद्ध भएको जानकारी दिनुभयो ।
अवरुद्ध सडक खुलाउन प्रयास भईरहको जनाइएको छ ।




