गोठमा आगलागी हुँदा १० वटा बाख्रा जलेर मरे

लोकप्रिय

हेटौँडा, चैत २० गते । हेटौँडा उपमहानगरपालिका–१५ भोर्लेमा लामखुट्टे भगाउन आगो बाल्दा गोठ नजिकै बालेको आगो सल्किन गई गोठमा आगलागी भएको छ । बिहीबार साँझ स्थानीय सानुकाजी स्याङवोको काठ र जस्ताबाट बनेको गोठमा आगलागी भएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार आगलागीबाट गाईको बाछी एउटा जलेर घाइते भएको र १० वटा बाख्रा जलेर मरेको छ। आगलागीबाट गोठ पूर्ण रूपमा जलेर नष्ट हुँदा अन्दाजी एक लाख ५० हजार रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । दमकल तथा स्थानीयवासीको सहयोगमा करिब आधा घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।

यस्तै राक्सिराड गाउँपालिका ७ स्थित छुकुनमा बुधबार साँझ स्थानीय रामचन्द्र ब्लोनको ढुङ्गा, माटो र काठले बनेको फुसको छानो भएको एकतले घरमा अचानक ग्यास लिक भइ आगोलागी भएको छ । आगलागीबाट घर पूर्णरुपमा जलि क्षति भएको छ । घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडाकुँडालगायतका सामाग्रीहश्र पूर्ण रुपमा जलेर क्षति भएको प्रहरीको भनाई छ । आगो स्थानीयको सहयोगमा साँझ ५ः३० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

ताजा समाचार

Related Articles