पाँच जना बिचौलिया प्रहरीको नियन्त्रणमा

लोकप्रिय

रौतहट, चैत २० गते । बसपार्क, अदालत तथा मालपोत कार्यालयबाट रौतहट प्रहरीले पाँच जना बिचौलियालाई पक्राउ गरेको छ ।  जिल्लाको सदरमुकाम गौरस्थित विभिन्न सरकारी कार्यालय परिसरमा सेवाग्राहीलाई अनावश्यक झन्झट दिँदै अनुचित लाभ लिने कार्यमा संलग्न पाँच जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले गौर नगरपालिका–४ स्थित बसपार्क, वडा नं.३ मा रहेको जिल्ला अदालत तथा वडा नं.५ स्थित मालपोत कार्यालय लगायतका स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार उनीहरूले सेवाग्राहीको काम छिटो गरिदिने बहानामा कागजात बोकी विभिन्न फाँटमा धाउने, सेवाग्राहीलाई तान्ने, हैरानी दिने र सो बापत अवैध रकम असुल्ने कार्य गर्दै आएका थिए ।

पक्राउ पर्नेहरूमा यमुना माई गाउँपालिका–२ का करिब २८ वर्षीय सिकित नारायण, राजदेवी नगरपालिका–७ का २४ वर्षीय बब्लु प्रसाद यादव, सोही स्थानका ३० वर्षीय श्याम बिहारी यादव, परोहा नगरपालिका–७ का ३९ वर्षीय रामनरेश प्रसाद पटेल र गौर नगरपालिका–८ का ६० वर्षीय राजेन्द्र राउत बरै रहेका छन् । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ । साथै, सरकारी कार्यालय परिसरमा दलाली तथा अवैध गतिविधि नगर्न चेतावनी दिँदै यस्ता कार्यमा संलग्न जो–कोहीमाथि कडा कारबाही गरिने समेत जनाएको छ ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

ताजा समाचार

Related Articles