फेक अडियो बनाएको आरोपमा धनुषाका सई जबरा निलम्बनमा

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख ८ गते । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) सागर शमशेर ज.ब.रा. लाई निलम्बन गरिएको छ । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले ज.ब.रा.ले आफ्नै कार्यालय प्रमुख र प्रहरी संगठनलाई नै बदनाम गराउन प्रहरी आचरण विपरीत कार्य गरेकोले निलम्बन गर्ने प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

सई जबराले एक जना अमुक व्यापारीलाई आफैँले फोन गरी बनावटी कथा रचेर अडियो बनाएको र सो अडियोलाई सार्वजनिक मिडियामार्फत प्रसारण गर्न लगाएको मधेश प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक भेषराज रिजालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रहरी उपरीक्षक रिजालले ज.ब.राले प्रहरी आचरण विपरीत कार्य गरी संगठनलाई नै बदनाम गर्न खोजेकाले प्रहरी नियमावली २०७१ (संशोधन सहित) बमोजिम निलम्बन गर्न प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । कार्यालयबाट घटनाका सम्बन्धमा आवश्यक अनुसनधान तथा छानविन कार्य भईरहेको विज्ञप्तिमा भनिएको छ ।

घटनाको सत्यतथ्य विवरण छानबिनपछि सार्वजनिक गरिने प्रहरीको भनाई छ । साथै, प्रदेश प्रहरी कार्यालयले यसप्रकारका भ्रामक र तथ्यहीन सूचनाको पछि नलाग्न र विश्वास नगर्न आम सञ्चार माध्यम तथा नागरिकमा अपिल गरेको छ ।

 

ताजा समाचार

Related Articles