रास्वपाका सांसदको प्रशिक्षणमा न्यून उपस्थिति

लोकप्रिय

ललितपुर, वैशाख २६ गते । सक्षम सांसद सशक्त संसद् भन्ने नाराका साथ सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु भएको छ ।
ललितपुरको जावलाखेलमा आज दिउँसो ११ः४५ देखि सुरु भएको प्रशिक्षणमा पार्टीका उपसभापति एवं अर्थमन्त्री स्वर्णीम वाग्ले, महामन्त्रीद्वय कबिन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन आचार्यलगायतका पार्टी पदाधिकारीसहित सांसदहरू सहभागी हुनुहुन्छ । वैशाख २६ र २७ गते सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रम तयअनुसार कार्यक्रम सञ्चालन भइरहेको छ ।
यसैबिच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदलाई राखेको प्रशिक्षण कार्यक्रममा सांसदको उपस्थिति न्युन देखिएको छ । रास्वपाले शनिवार राखेको संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा सांसद कम उपस्थित भएका हुन् ।रास्वपाका १८२ जना सांसद छन् तर प्रशिक्षण कार्यक्रममा सांसद कम उपस्थित भएपछि संसदीय दलका उपनेता गणेश पराजुलीले सार्वजानिक रुपमा नै असन्तुष्टि जनाउनुभएको छ । प्रशिक्षण कार्यक्रमको उद्‌घाटन गर्दै उहाँले सांसदले प्रशिक्षण कार्यक्रमलाई कम महत्व दिएको बताउनुभयो ।

ताजा समाचार

Related Articles