काठमाडौँ, वैशाख २८ गते । ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिक आदेश जारी गरेको छ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल नेतृत्वको संवैधानिक इजलासको बहुमतबाट यस्तो आदेश दिएको हो ।

मल्ल नेतृत्वको इजलासमा न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुँयाल, विनोद शर्मा र शारङ्गा सुवेदी थिए । न्यायाधीशद्वय विनोद शर्मा र शारङ्गा सुवेदीको भने अल्पकालिन अन्तरिम आदेश दिने विषयमा फरक मत राख्नु भएको छ ।




