काठमाडौँ, वैशाख २८ गते । विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज गर्ने सरकराको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो ।

इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्नुका साथै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश पनि गरेको छ । विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयलाई लिएर आठ विद्यार्थी संगठनहरुले संयुक्तरुपमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।





