प्रधानमन्त्री शाह संसद जवाफ नआएपछि संसद बैठक स्थगित

लोकप्रिय

काठमाडौँ, वैशाख ३१ गते । आगामी आर्थिक वर्ष २०८३÷८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाह नआएपछि विपक्षी सांसदहरुले विरोध जनाएका छन् । विपक्षीको विरोधपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगन गर्नुभएको थियो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरु नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाह उपस्थिति हुनुपर्ने माग गर्दै सदनको कामकारबाही अघि नबढाउन सभामुख अर्यालको ध्यानाकर्षण गराउनुभयो ।
नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई तोक्नुभएको व्यहोरासहितको पत्र सदनलाई पठाउनुभएको जानकारी दिँदै सभामुख अर्यालले विपक्षी सांसदहरुलाई आसनमा बसेर सहयोग गर्न आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक वासना थापा, एमालेका प्रमुख सचेतक ऐनबहादुर महर, नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल, श्रम संस्कृतिका सांसद आरेन राई र राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सभामुख अर्यालको निर्देशनमा आफूहरुले इमान्दार र अनुशासित भइ नीति कार्यक्रममाथिको छलफलमा भाग लिएको उल्लेख गर्दै जवाफका क्रममा प्रधानमन्त्री शाहको उपस्थिति नभएसम्म सदनको कामकारबाही अघि बढ्न नसक्ने बताउनुभयो ।

ताजा समाचार

Related Articles