बागमती प्रदेश सभाको १८ औँ अधिवेशन आगामी सोमबारका लागि आह्वान

लोकप्रिय

हेटौँडा, जेठ ८ गते । बागमती प्रदेश सभाको १८ औँ अधिवेशन आह्वान गरिएको छ। बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको वर्षे अधिवेशन आगामी जेठ ११ गते दिउँसो १:०० बजेका लागि आह्वान गर्नुभएको छ । प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपदफा (१) बमोजिम प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ।

बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गते आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको थियो। बजेट अधिवेशनका रुपमा रहेको यो अधिवेशन प्रदेशको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट प्रदेश सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको बागमती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles